ट्रेन्डिङ

Logout

घुस ‘डिल’ अडिओ प्रकरण : मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

6.9k Shares

काठमाडौँ । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता राजीनामा बोकेर बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीले हिजो गुप्तालाई बालुवाटार बोलाएर प्रकरणमा संलग्न व्यक्तिहरूबारे सोधपुछ गरेका थिए। अडिओको वास्तविकता पुष्टि गर्न फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ। साथै, निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियामक निकायमा पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाका लागि मन्त्री गुप्ता र बिचौलियाबीच लाखौंको घुस ‘डिल’ भएको अडिओ सार्वजनिक भएको थियो। यो प्रकरणमा मन्त्रीको बर्खास्ती र छानबिनको माग गर्दै चौतर्फी दबाब बढिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार