ट्रेन्डिङ

Logout

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको ढिलो बजेट सार्वजनिक

6.6k Shares

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार बसेको १७औँ नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट व्ययभार पर्नेछ भने ६५ करोड रुपैयाँ अन्य वाह्य स्रोतबाट व्ययभार हुने अनुमान गरिएको छ।

बजेट सार्वजनिक गर्नु अघि मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए।

संविधानअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि काठमाडौं महानगरपालिकाभित्रको आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको हो।

यस ढिलाइप्रति उपप्रमुख डंगोलले नगरवासीसामु माफी मागेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार