ट्रेन्डिङ

Logout

धनुषाको वाटरल्यान्डमा झडप र तोडफोड: १० घाइते, १० जना नियन्त्रणमा

8.2k Shares

धनुषा। छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित वाटरल्यान्ड पार्कमा भएको झडपमा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार, पार्कले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि विशेष छुटको घोषणा गरेको थियो। 

शनिबार ठूलो सङ्ख्यामा विद्यार्थीहरू छुटको सुविधा लिन पुग्दा पार्कमा अत्यधिक भीड भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि पार्क प्रशासनले थप प्रवेशमा रोक लगाएको थियो। यही विषयमा विद्यार्थी र व्यवस्थापनबीच विवाद चर्किएर झडप र तोडफोड भएको हो। 

प्रहरी निरीक्षक यादवका अनुसार, स्थिति नियन्त्रण गर्ने क्रममा पाँच प्रहरीसहित १० जना घाइते भएका छन्। प्रहरीले अवस्था नियन्त्रणमा लिन चार राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। आक्रोशित विद्यार्थीले सडक अवरुद्ध गरी सवारीसाधनमा तोडफोड गरेपछि १० जनालाई नियन्त्रणमा लिइएको छ। 


झडपमा विद्यार्थीले प्रहार गरेको ढुङ्गामुढाले पार्कको मुख्य गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार