ट्रेन्डिङ

Logout

राप्रपा प्रवक्ता शाहीको आरोप: जडिबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले लगाए आगो

5.8k Shares
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा भएको आगजनीमा माओवादी केन्द्रका कार्यकर्ताहरू संलग्न रहेको जिकिर गरेका छन्। मंगलबार बल्खुमा आयोजित राप्रपाको आमसभामा बोल्दै उनले यो घटनामा माओवादी कार्यकर्ताको हात रहेको पुष्टि भएको दाबी गरे।
 
“राजावादीमाथि हिंसाको आरोप लगाइयो, तर अब प्रमाणित भएको छ– जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता थिए,” शाहीले भने।
 
उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुटा मुद्दा लगाएर थुनिएको भन्दै उनीहरूको तत्काल रिहाइको माग पनि गरे। “सरकारलाई मेरो अपिल छ– झुटा मुद्दा लगाएर कसैलाई थुन्ने प्रयास नगरियोस्। यस्ता मुद्दा तुरुन्त फिर्ता लिइयोस्,” उनले थपे।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार