ट्रेन्डिङ

Logout

उप निर्वाचनका उम्मेदवारको आज नाम सार्वजनिक गरिने

7.2k Shares

२६ चैत, काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदैछ ।निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । हिजै साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपरान्ह ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । 

साथै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

 आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकृया सुरू गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार